काठमाडौ, १ जेठ- नेपाली क्लबका लागि एएफसी प्रेसिडेन्ट्स कपमा फेरि एकपल्ट डोरडोई बिस्केक बाधक बनेको छ । दुईपल्टको विजेता डोरडोईसँग ३-० ले हारेपछि शुक्रबार एनआरटीको छनोट पार गर्ने सम्भावना समाप्त भएको हो । पहिलो खेलमा घरेलु टिम बंगलादेशको अबहनी लिमिटेडसँग २-०
ले हारेको एनआरटी दुई खेलको समाप्तिमा छनोटको समूह 'ए' को अंक-तालिकाको पुछारमा रहेको छ । लगातार दुई खेलमा अनुकूल नतिजा निकाल्न असफल भएपछि समूहमा दोस्रोमा रहेर शीर्ष चारमा पुग्ने झिनो सम्भावाना पनि उसले
गुमायो । अब एनआरटीका लागि चाइनिज ताइपेईको हसुस एनटीसीपीईसँग आइतबार हुने खेल औपचारिकतामा सीमित हुनेछ ।
सहिद स्मारक 'ए' डिभिजन लिगमा पहिलो चरण विजेताका रूपमा तेस्रो श्रेणीको एसियाली क्लब फुटबलमा अवसर पाएको एनआरटीले अहिलेसम्म अंक-तालिकामा खाता खेाल्न सकेको छैन । कुनै गोल गर्न नसकेको उसले पाँच गोल खाएको छ । दुवै खेल जितेको डोरडोई ६ अंकसहित समूहको शीर्षस्थानमा रहेको छ । शुक्रबारको दोस्रो खेलमा हसुससँग गोलरहित बराबर खेलेको अबहनी चार अंकसहित दोस्रोमा छ । हसुसले एक अंक