क्लिक्स् नेपाल समाचारदाता
दमक। ११ कार्तिक। न्युनतम पारीश्रमिक निर्धारण लगायतका बिभीन्न १४ सुत्रीय माग राखी आन्दोलनमा उत्रीएका झापाका पसल मजदुरले आज बाट जिल्लाका सबै बजार अनिश्चितकालका लागि बन्द गराएका छन। अखिल नेपाल पसल मवदुर संघको आव्हानमा बजार बन्द गरीएको र
माग पुरा नभएसम्म बन्द जारी राखीने संघका संयोजक तुलसीप्रसाद ओलीले बताउनुभयो। नियुक्ति पत्र, जीवन बीमा ,मवदुर आयोगको गठन लगायतका माग राखि संघले यस अघि जिल्लाका चारवटा उद्योग वाणिज्य संघको कार्यालयमा तालाबन्दी गरीसकेको छ। समस्या समाधानका लागि बार्ताको प्रयास भईरहेको झापा उद्योग बाणिज्य संघले जनाएको छ।