क्लिक्स् नेपाल समाचारदाता
भरतपुर, २७ भाद्र। अर्थमन्त्री सुरेन्द्र पाण्डेले नया संविधान नबन्ने सम्म एमाले नेतृत्वको सरकार नढल्ने दावी गर्नुभएको छ। प्रधानमन्त्री माधवकुमार नेपालको नेतृत्वमा रहेको सरकार नै राष्ट्रिय सरकार भएकाले माओवादी पनि यही सरकारमा सहभागी भएर नया संविधान निर्माण गर्नेतर्फ अग्रसर हुनुपर्ने पाण्डेको भनाइ
छ। नेकपा एमाले चितवन जिल्ला अधिवेशनका लागी चितवन पुग्नुभएका पाण्डेले आज विहान पार्टी कार्यकर्ताहरूसंगको भेटमा सो कुरा बताउनुभएको हो।
उहाले राजस्व सङ्कलन सोचे भन्दाबढी उठिरहेको समेत दावी गर्नुभयो। पाण्डेले माओवादीको संसद अवरोधका कारण बजेट पास हुन नपाएकोमा चिन्ता प्रकट गर्दै तत्काल संसद अवरोधलाई बन्द गरेर सहमतिमा आउन माओवादीलाई आग्रह गर्नुभयो। माओवादीलाई एक्ल्याएर देशले निकास नपाउने बताउदै उहाले दलहरुबीचको सहमति र सहकार्यको विकल्प नभएको बताउनु भयो। एमाले चितवनको भेला आज सकिदैन।