निरु श्रेष्ठ
काठमाण्डौं, २७ भाद्र। रियल तेस्रो काठमाडौं म्याराथनको उपाधी नेपाली सेनाका अर्जुनकुमार बस्नेतले जितेका छन्। उनले निर्धारित दुरी २ घण्टा २५ मिनेट ३६ सकेण्डमा पूरा गर्दै उपाधी जितेका हुन्। प्रतियोगितामा २ घण्टा २८ मिनेट ३८ सेकेन्डमा निर्धारीत दूरी पूरा गरेका नेपाली सेनाकै राजेन्द्र भण्डारी दोस्रो भएका छन। नेपाली
सेनाकै उत्तम खत्रीले २ घण्टा ३० मिनेट २ सकेन्डमा दुरी पार गर्दै तेस्रो भएका छन।
प्रतियोगितामा पहिलो, दोस्रो र तेस्रो हुनेले क्रमशः ५ हजार, ३ हजार र १५ सय अमेरिकी डलर हात पारेका छन्। यसैगरी महिला म्याराथनको उपाधी भक्तपुरकी कान्छीमाया कोजुले हात पारेकी छिन्। उनले निर्धारीत दुरी ३ घण्टा ५ मिनेट ४५ सेकेण्डमा पूरा गरिन्। यस्तै सशस्त्र प्रहरीकी कृष्णेश्वरी सिद्धकला दोस्रो र सूर्यमाया राई तेस्रो भए। महिला म्याराथनमा पहिलो, दोस्रो र तेस्रो हुनेले क्रमशः ३ हजार, २ हजार र १ हजार अमेरिकी डलर हात पारेका छन्। यस्तै रियल तेस्रो काठमाडौं हाफ म्याराथन पुरुषको उपाधी त्रिभुबन आर्मी क्लबका लेटरसिंह खत्रीले जितेका छन्। आज विहान आयोजित प्रतियोगितामा खत्रीले त्रिभुबन आर्मीकै राजकुमार बिष्टलाई अन्तिम समयमा पछि पार्दै उपाधी जितेका हुन्।
निर्धारित दुरी पूरा गर्न एक सय मिटर बाँकी रहँदा खत्रीले विष्टलाई उछिनेका थिए। त्यसअघि विष्टले अग्रता लिएका थिए। हाफ म्याराथन प्रतियोगितामा पहिलो, दोस्रो र तेस्रो हुनेले क्रमशः २५ हजार, २० हजार र १० हजार नेपाली रुपैयाँ नगद प्राप्त गरेका छन्। आज विहान दशरथ रंगशालाबाट शुरु भएको दौड कालीमाटी, कलंकी, बल्खु, जावलाखेललगायत शहरका बिभिन्न भाग परिक्रमा गरी पुन दशरथ रंगशालामा पुगेर सम्पन्न भएको थियो। प्रतियोगितामा १२ सय सहभागी थिए।
पाच किलोमिटरको दौडमा जनमुक्ति सेना स्पोर्टस क्लवकी मिरा राई दोस्रो भए