क्लिक्स् नेपाल समाचारदाता
काठमाण्डौं, २७ भाद्र।
आणविक कार्यक्रम रोक्नको लागि उत्तर कोरियासग अमेरिकाले कुटनीतिक वार्ता गर्ने बताएको छ। बहुदेशीय वार्ताको लागि मनाउन उत्तर कोरियासाग अमेरिकाले सोझै वार्ता गर्ने जनाएको हो। तर कुन समयमा वार्ता गर्ने भन्ने विषयमा कुनै निर्णय नभएको अमेरिकी विदेश प्रवत्ता फिलिप क्रोल्लेले बताएका छन्। उत्तर कोरियाको रकेट
उप्रक्षेपणपछि अन्तराष्ट्रिय निन्दाको कारणले गत अप्रिल महिनादेखि बहुदेशीय वार्ताबाट आफ्नो हात झिकेको उत्तर कोरियाले प्लुटोनियमबाट आणविक हतियार बनाइरहेको छ।