क्लिक्स् नेपाल समाचारदाता
काठमाण्डौं,१२ वैशाख । जलविद्युत क्षेत्रको विस्तार र प्रवर्द्धन गर्ने उद्देश्यका साथ शनिबार देखि राजधानीमा चौथो अन्तराष्ट्रिय जलविद्युत सम्मेलन आज सुरु हुदै छ। स्वतन्त्र उर्जा उत्पादक संघ नेपाल र नेपाल उद्योग वाणिज्य महासंघको संयुक्त आयोजनामा सञ्चालन हुने सम्मेलन भोलिसम्म चल्नेछ। सम्मेलनमा जलश्रोत मन्त्री विष्णु पौडेल, भारतिय ऊर्जा मन्त्रालयका सचिव, नेपालका लागि भारतिय
राजदुत राकेश सुद, लगायतको सहभागिता रहने छ। सम्मेलनमा ७५ भन्दा बढि कम्पनी र दातृ निकायको पनि सहभागिता रहने आयोजकले जनाएको छ। सम्मेलनमा निर्माणाधीन ठूला परियोजना निर्माणमा आइपरेका बाधा व्यवधान र थप परियोजना निर्माणका लागि वातावरण बनाउने बारे छलफल हुने बताइएको छ।