क्लिक्स् नेपाल सम्वाददाता
काठमाण्डौं, २३ माघ । जाईका सिनियर भोलन्टियर जुडो प्रशिक्षक मायेडालाई नेपाल जुडो संघले कार्यक्रम आयोजना गरी औपचारिक रुपमा स्वागत गर्यो । उहाँ दुई वर्षका लागि जुडोको प्रशिक्षण दिन नेपाल आउनुभएको हो । उक्त अवसरमा राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव जीवनराम
श्रेष्ठ, कोषाध्यक्ष अजर मानन्धर, नेपाल ओलम्पिक कमिटीका अध्यक्ष ध्रुवबहादुर प्रधान, संघका अध्यक्ष दीपकहर्ष बज्राचार्य तथा संघका पदाधिकारीलगायतका महानुभावहरुको उपस्थिति रहेको थियो । साथै नेपाल जुडो संघले राष्ट्रिय जुडो सेमिनार तथा रेफ्री परिक्षा आयोजना गर्ने जनाएको छ । उक्त कार्यक्रम माघ २४ गतेदेखि २९ गतेसम्म राजधानीमा हुँदैछ ।