Clicks Nepal.  
 
  संविधानसभाको म्याद थप्ने बारे मन्त्रिपरिषदमा मतभेद   बैंककमा हिंसा चर्कंदो, कैयौं हताहत   एएफसी प्रेसिडेन्ट्स कपमा एनआरटीको हार   सहमतिको सरकार नबनेसम्म संविधानसभाको म्याद थपको कुनै अर्थ नभएको दस दलको निष्कर्ष   बसको ठक्करबाट एकको मृत्यु १५ घाइते   बालुबामा पुरिएर पाचजनाको मृत्यु   प्रधानमन्त्री र राष्ट्रपतिको छलफल   बजेट पारित गराउने उपाएबारे काङ्ग्रेस र एमालेबीच छलफल   झापाका पसल आज बाट अनिश्चितकालका लागि बन्द   माओवादी शैली प्रति कांग्रेस नेताहरु आक्रमक  

News Archive |  Photo Archive |  Submit a news

 

समाजसेवामा बित्दैछन् निर्णयका दिनहरु

 

पुष्कर खनाल
काठमाण्डौं, १० माघ। "हाम्रो गाउले जीवन", "दिनपनि वित्यो रातपनि वित्यो" जस्ता चर्चित लोक र्‍याप र हिपहाप गाएर एक समय चर्चा बटुलेका गायक निर्णय श्रेष्ठ हाल गीत संगीत सृजना भन्दा बढी सामाजिक कार्यमा सम्मिलित भएका देखिन्छन्। नेपाली र्‍याप र हिपहापमा त्यति जम्न

 

नसकेपछि समाजसेवामा लागेको आरोप लाग्ने गरेता पनि उनी त्यसलाई खण्डन गर्छन्। गाउनु मेरो शोख हो र यस गायकिको माध्यमबाट नै अरुलाई सहयोग गर्नु मेरो ध्येय हो विश्व सन्देशसागको कुराकानीमा उनले यसो भने। निर्णय द एनएसको टुर फुट एजुकेसन नामक शैक्षिक अभियानमा उनी हाल व्यस्त छन्। देशका ग्रामिण क्षेत्रमा रहेका गरिब बालबालिकासम्म पुस्तक र शैक्षिक सामाग्री पुर्‍याउने तथा छात्रवृत्ति स्वरुप सहयोग गर्ने उनको अभियानको उद्देश्य हो। यस शैक्षिक अभियानको नेतृत्व हाल उनले गरेका छन्। देशका विभिन्न गाउशहरसम्म पुगी अभियान स्वरुप कन्सर्ट आयोजना गरी त्यसबाट उठेको रकमले गरिब विद्यार्थी र विद्यालयलाई सहयोग गर्दै आएका छन्। हाल उनको अभियानमा प्राश्ना शाक्य, मौसमि गुरुङ, म्याडजोन, राजिव लोहनीले सहयोग गर्दै आएका छन्। हालसम्म निर्णय र उनको अभियान समुहले हेटौंडा, नारायणघाट, बुटवल, पाल्पा, इटहरी, बेलवारी, धरान, दमौलि पोखरा, काठमाडौं लगायत एक दर्जन स्थानमा कार्यक्रम तथा कन्सर्ट आयोजना गरिसकेका छन्। …मेरो अभियान भनेको मेचि देखि महाकालीसम्म शैक्षिक सचेतता जगाउनु हो। उनी भन्छन्, यसै अभियान अवधि बीच २००७ निर्णयले मेची देखि महाकालीसम्म नामक एल्वम पनि निकालेका थिए तर बिचैमा एल्वम रिलिजलाई बन्द गरीदिए। हाल उनी विचार गर्दैछन्। पाइरेसिका कारण गीत सांगितबाट मात्र केही नहुने भएको हुदा समाजसेवा र अन्य काममा पनि आफू सक्रिय रहेको उनले बताए। पुराना अनावाश्यक तर बालबालिकाको निम्ति आवश्यक पुस्तकहरु संग्रह गरेर दुर्गम ग्रामिण क्षेत्रममा लगेर बालबालिकाहरुलाई उनले वितरण गर्दै आएका छन्। शिक्षा नै जीवनको आधार हो भन्ने कुरालाई मनन गरेर नै सबैका लागि शिक्षाको अभिप्रायले आफू यसतर्फ लागि परेको बताउछन् निर्णय। अरु गायक भन्दा भिन्न शैलिका, संधै हिपहप पाइन्ट,

टिम्बरल्याण्ड जुत्ता रातो स्काफ र क्याप तथा कालो चस्मामा देखिने निणर्य आफ्नो कामले गर्दा पनि अरु गायक भन्दा भिन्न पहिचान र पश्चिय बनाउन सफल छन्। हाल उनी आफ्नो अभियानमा मात्र नभई नवदैलो नामक सामाजिक संस्थामा पनि कार्यरत छन्। नवदैलोले एच आइभि तथा एडस विरुद्ध जनचेतना जगाउने र एचआइभि प्रभावित बालबालिकालाई हेरचाह गर्दौ आएको छ। यसबाहके उनी रेटप्याक्ट क्लव अफ काठमाडौं भित्रय्उन र यथु फार्से का सदभावना राजदुतको रुपमा समेत सकृय छन्। हाल उनी ठमेलमा सडक बालबालिकालाई पढाउने पुस्तकालय बनाउने योजनामा छन्। गायन क्षेत्रमा मात्र सीमित नभई सामाजिक हित र उत्थानमा पनि समर्पित हुन आवश्यक रहेको उनको ठम्माई छ। उनले आफूले गीत संगीतलाई चट्क्कै भने नछोडेको बताउछन्। हाल उनी नेपाली लोक हिपहप आवाज सृजना गर्न र त्यहा विभिन्न आवाज प्रयोग गरी पृथक संगीत सृजनामा व्यस्त छन्। इमेज एफएममा कार्यक्रम सचात्तलन गर्दै आएका निर्णय आफूलाई अरु भन्दा फरक धारमा आफूलाई प्रस्तुत गर्न मनपराउछन्।

 


 

READERS COMMENT


Your name  :

Your email :   (optional)

Comment   :


More Headlines..
संविधानसभाको म्याद थप्ने बारे मन्त्रिपरिषदमा मतभेद
बैंककमा हिंसा चर्कंदो, कैयौं हताहत
एएफसी प्रेसिडेन्ट्स कपमा एनआरटीको हार
सहमतिको सरकार नबनेसम्म संविधानसभाको म्याद थपको कुनै अर्थ नभएको दस दलको निष्कर्ष
बसको ठक्करबाट एकको मृत्यु १५ घाइते
बालुबामा पुरिएर पाचजनाको मृत्यु
प्रधानमन्त्री र राष्ट्रपतिको छलफल
बजेट पारित गराउने उपाएबारे काङ्ग्रेस र एमालेबीच छलफल
झापाका पसल आज बाट अनिश्चितकालका लागि बन्द
माओवादी शैली प्रति कांग्रेस नेताहरु आक्रमक
 
Clicks POLL
वर्तमान सरकारको नेतृत्व कुन राजनैतिक दलले गर्नु पर्छ?
नेकपा माओवादी
नेकपा एमाले
नेपाली काग्रेस
अन्य साना दलहरुले