क्लिक्स् नेपाल सम्वादादाता
काठमाण्डौं, २४ पौष । बलिउड चर्चित नायक गोविन्दाले भगवान पशुपतिनाथप्रति ठूलो आस्था रहेकाले आफ्नो जीवन सफल भएको बताउनुभएको छ । "पशुपतिनाथप्रति अगाध आस्था राख्ने भएकैले म नेपाल आइरहन्छु" गोविन्दाले भन्नु भयो गोविन्दाले नेपाल र नेपालीको असाध्यै माया
लाग्ने बताउदै उहाँले पशुपतिकै कारण नेपाल र भारतबीचको सम्बन्ध अझ प्रगाढ भएको बताउनु भयो" । भारतका हिन्दुहरुले पशुपतिनाथप्रति उच्च आस्था राख्नेगरेको चर्चा गर्दै आफूले फिल्म रिलिज हुनुपूर्व पशुतिनाथसँग आशिर्वाद लिन आएको खुलासा गर्नुभयो। उहाँले भन्नु भयो "मेरो छ वटा फिल्म रिलिज हुदैछ, त्यसपूर्व म आशिर्वादका लागि आएको हुँ"। चार वर्षसम्म फिल्म रिलिज नभएको र फिल्म रिलिजपूर्व पशुपतिनाथ आउने भाकल आफ्नी श्रीमतिले गरेकाले आएको समेत उहाँले बताउनु भयो । नेपाल आफ्नो ससुराली समेत भएको भन्दै याहाँका जनताप्रति ठूलो प्रेम रहेको बताउदै प्रष्ट नेपाली बोल्ने श्रीमती सुनीतासँग उनले ठट्यौली गर्दै,…मलाई यीनले नेपाली बोल्न र नेपाल आउन प्रोत्साहित गरिरहन्छिन् । भारतीय सत्तारुढ दल कंग्रेस आईका संसद समेत रहेका गोविन्दा नेपालका प्रधानमन्त्री प्रचण्डसँग भेट्ने इच्छा समेत व्यक्त गर्नुभएको छ । नेपाली संगित सुनेको र चलचित्र पनि हेरेको बताउदै उहाँले नेपाली चलचित्र खेल्ने इच्छासमेत व्यक्त गर्नु भएको छ ।