Clicks Nepal.  
 
  संविधानसभाको म्याद थप्ने बारे मन्त्रिपरिषदमा मतभेद   बैंककमा हिंसा चर्कंदो, कैयौं हताहत   एएफसी प्रेसिडेन्ट्स कपमा एनआरटीको हार   सहमतिको सरकार नबनेसम्म संविधानसभाको म्याद थपको कुनै अर्थ नभएको दस दलको निष्कर्ष   बसको ठक्करबाट एकको मृत्यु १५ घाइते   बालुबामा पुरिएर पाचजनाको मृत्यु   प्रधानमन्त्री र राष्ट्रपतिको छलफल   बजेट पारित गराउने उपाएबारे काङ्ग्रेस र एमालेबीच छलफल   झापाका पसल आज बाट अनिश्चितकालका लागि बन्द   माओवादी शैली प्रति कांग्रेस नेताहरु आक्रमक  
 

Ramesh


जनवादी गायक


पञ्चायतकालमा सक्रिय हुनुहुन्थ्यो अहिले किन निष्क्रीय ?

निष्क्रीय भएको होइन घर ब्यबहार लगायतका कुराहरुले पहिले जति समय दिन नसकेको मात्र हो। अहिले त जनताको गीत गाउने धेरै भइसके। अब म होइन हामि भयौ। जनताको गीत गाउने यत्रो जमात छ। फेरी राजाको शासनको समयमा हामिले गीत गाउन थालेपछि जनता सडकमा आएर सातदल र माओबादीलाई बाह्रबुँदे सहमति गर्न बाध्य पारेको होइन। अनि कसरी निष्क्रीय भइयो।


गाउँ जानुपर्ने शहर केन्द्रित हुनुभयो किन ? 

शहरका भन्दा गाउँका जनता धेरै सचेत छन्। शहरकाले भन्न नसकेका कुराहरु उनिहरु निर्भिकतापूर्वक सजिलै भन्नसक्छन्। अहिले गाउँमा धेरै प्रतिभा जन्मिसकेका छन्। हामि शहरमा मात्र होइन चेतना जहाँ आबश्यक छ त्याहाँका जनतालाई सचेत बनाउन हामि क्रियाशिल छौ।


कसरी गायक बन्नुभयो ?

शुरुमा कलाकार बन्छु भनेर गीत बुझेर गाएको होइन। घरमा सांगितिक बातावरण थियो। घरमा बुबा, दाजु, दिदी सबै गित गाउनु हुन्थ्यो। परिबारमै सांगितिक बातावरण थियो। रहरले गाउँदा गाउँदै स्कूलमा गाउन थालियो। सबैले राम्रो छ भनेर प्रोत्साहित गर्न थाले। रेडियो नेपालले आयोजना गरेको एउटा प्रतियोगितात्मक कार्यक्रममा जिल्लाको प्रतिनिधित्व गर्ने अबसर मिल्यो। सबैले राम्रो छ भनेर बोलाउन थालेपछि थाहै नपाइ गायक भइएछ।


जनवादी गित कहिले देखि गाउन थाल्नुभयो ?

मेरो दाजु काँग्रसको नेता हुनुहुन्थ्यो। ठूलोदाजु ९मेघबहादुर० ले ँनेपाली हो अघि बढ हातमा क्रान्ति झण्डा लिइ” जस्ता जनताको चेतना जगाउने गित म सानै छँदा गाउनु हुन्थ्यो। ठूलो भएपछि चेतनशिल समाजमा बसियो। विद्वानसँग बहस गरियो। दर्शनले समाजमा कस्तो प्रभाव पार्छ भन्ने विषयमा अन्तराष्ट्रिय साहित्यहरु अध्ययन गरियो। गित के होरु संगित के होरु त्यसले के भन्छरु गितको भाव के होरु गित संगितका माध्यमबाट समाज, देश तथा जनतालाई के दिन सकिन्छ भन्ने विषयमा गहिरो अध्ययन गरियो र अन्तरमनले गित संगितलाई परिवर्तका निम्ति लगाउनुपर्छ भन्ने लागेर जनवादी गित गाउन थालियो।

सबै गायकले यसैगरी अध्ययन गरेर गित संगितमा लाग्छन्रु

सबैजना अध्ययननै गरेर लागेका हुन्छन भन्न सकिदैन। अध्ययन गरेर काम गरे सिर्जनामा निखार ल्याउन सकिन्छ। समाज, देश र जनताकालागि केही योगदान दिन सकिन्छ भन्ने मेरो धारणा हो।


मायाँ पिरतीका गित गाउन मन लागेनरु

मायाँ पिरतीका गितहरु प्नि गाएको छु। तर, मायाँ पिरतीका गितमा पनि केही सन्देश दिएकोछु।


कस्ता गित गाउँदा आनन्द लाग्छरु

ँरोक्ने को हो दुरदर्शि विचारका धारा, को हो नयाँ नेपालको बोक्ने अभिभारा” गोकुल जोशीले ४० वर्ष अघि लेख्नुभएको यो गितमा नयाँ नेपालको कुरा छ। यस्ता परिबर्तनका लागि बनाइएका गितहरु ग्ााउँदा आनन्द लाग्छ।

तपाईंका गितले कसैको ब्यबहारमा परिबर्तन आएको छरु

कसैको आयो होला तर जानकारीमा छैन। सामन्तिका छोरा छोरीनै प्रगतिशिल भएर आएका छन्। एउटा पुस्ताले राजाको सेवा गर्‍यो, अर्को काँगेस भएर आयो, अर्को एमाले भएर आयो, अर्को माओबादी भएर आएको छ। अहिले एमालेका सबै छोरा छोरी वाइसिएलमा छन्। सामन्तबादकै गर्भमा पूँजीबाद र पूँजीबादकै गर्भमा समाजबाद जन्मिन्छ भन्ने विद्वानको भनाइ नेपालमा पनि लागुभइरहेको छ। त्यसैले परिबर्तन त हुन्छनै।


रामेश कतिबेला हुनुभयोरु

मेरो नाम रामेश्वर श्रेष्ठ हो। म, रायन, रहीम रेडियो नेपालमा काम गथ्यौं। त्याहाका भ्रष्ट हाकिमले हामिलाई मुद्दा लगाए। पछि राल्फा समूह बनाएपछि छोटकरी नाम राख्ने भनेर रामेश राखेको हो।


राल्फा कसरी जन्मियोरु

हाम्रो गित संगित पारिजात दिदीलाई राम्रो लागेछ। उहाँले बोलाउनु भएपछि हामि गयौं। उहाँले हामीलाई धेरै प्रोत्साहित गर्नुभयो। मान्छे भेला पारेर गित गाउन लगाउने गर्न थाल्नुभयो। उहाँ शुरुमा अस्तित्वादी, यथार्थबादी, अहिंसकबादी हुनुहुन्थ्यो। पछि समूहमा आएपछि मार्क्सबादी चिन्तनप्रति आकर्षित हुनुभयो। संगठित भएर परिबर्तनका निम्ती गाउँ–गाउँ जाने भएपछि राल्फा गठन गरिएको हो।


तपाईको कुन गित राम्रो छरु

सबैगितहरुले जनताको भावना बोलेका छन्। जनतालाई चेतनशिल बनाउने ति सबै गितहरु उत्कृष्ट छन्, राम्र छन्।

नेपाली गितमा तपाईंलाई कुन गित मनपर्छरु

गित संगितका धेरै विधाहरु हुन्छन्। राम्रा गितहरु सबै मनपराउँछु।


बिदेशि कुन गित मनपर्छरु

होजी मार्टिन, बब डेलेन, चिलिका, पिट्स सिगर, निशान्त नाट्यमञ्च जस्ताको गितहरु मनपर्छ। 


तपाईंहरुबाट प्रभावित हुने नयाँ पुस्तालाई के भन्नुहुन्छरु

हामी एउटा शरिरका अंग हौं। नेपाल शरिर हो। हामी त्यसका अंग हौं। एउटा अंगमा चोट लाग्यो भने पुरै शरिरलाई असर गर्छ। त्यसकारण हामीहरु शरिरप्रति इमान्दार बन्नुपर्दछ। शरिर बलियो भए सबै अंग बलियो हुन्छ। शरिर डढ्यो भने शरिरका सबै अंग डढ्छन्। शरिरको हितमा आफ्नो हित हेरेर आफु जुनसुकै क्षेत्रमा भएपनि आफुले सकेको योगदान दिन म आग्रह गर्दछु।


अहिले प्राप्त उपलब्धिलाई संस्थागत गर्न नेपाली जनता सक्षम छन्रु

अहिले नेपाली जनताको चेतनाको स्तर धेरै माथि उठेको छ। हिजो राजा महाराजाहरुका लागि संविधान लेखिन्थ्यो। अहिले जनताको लागि जनता आफै लेख्दैछन्। अब बन्ने संविधानले राजनितीक दल र नेतालाई सेबक बनाउँदै छ। जनता मालिक भइसके अब त्यसलाई संस्थागत गर्न मात्र बाँकि छ। यो संविधानसभाले संस्थागत गर्नेछ।


सात दलको नाममा तीन दलले जनतालाई निर्देश गरिरहेको स्थिती छ कसरी जनता मालिक भएरु

यो परिस्थितीजन्य बाध्यता हो। देशी बिदेशी प्रतिक्रियाबादि र साम्राज्यबादी तत्वका कारण नेताहरु जनतामाथि अझै शासन गर्न खोजिरहेका छन्। जनताले नेतालाई औला ठड्याउन थालिसके। भ्रष्टाचार गरेर कमाएको श्रोत खोज्न थालिसके। संविधान सभापछि नेपाली जनता पूर्णरुपमा मालिक हुन्छन्।

जनताले औला ठड्याएकाहरु सफाइ पाइरहेका छन् के भन्नुहुन्छरु

यो त अहिलेको नालायक सरकारका कारण भएको हो। त्यसैले जनताले पार्टी चिन्नुपर्‍यो। यस्तै विकृति विसंगती हटाउन जनयुद्ध र जनआन्दोलन भएको हो। समाजमा रहेका बिकृती र विसंगतीलाई हटाउन जनता जागरुक हुनुपर्दछ।


 
 
Clicks POLL
वर्तमान सरकारको नेतृत्व कुन राजनैतिक दलले गर्नु पर्छ?
नेकपा माओवादी
नेकपा एमाले
नेपाली काग्रेस
अन्य साना दलहरुले