Clicks Nepal.  
 
  संविधानसभाको म्याद थप्ने बारे मन्त्रिपरिषदमा मतभेद   बैंककमा हिंसा चर्कंदो, कैयौं हताहत   एएफसी प्रेसिडेन्ट्स कपमा एनआरटीको हार   सहमतिको सरकार नबनेसम्म संविधानसभाको म्याद थपको कुनै अर्थ नभएको दस दलको निष्कर्ष   बसको ठक्करबाट एकको मृत्यु १५ घाइते   बालुबामा पुरिएर पाचजनाको मृत्यु   प्रधानमन्त्री र राष्ट्रपतिको छलफल   बजेट पारित गराउने उपाएबारे काङ्ग्रेस र एमालेबीच छलफल   झापाका पसल आज बाट अनिश्चितकालका लागि बन्द   माओवादी शैली प्रति कांग्रेस नेताहरु आक्रमक  
 

Binay KUmar Mishra

नेपालको गुल्मी जिल्लाबाट औपचारिक रुपमा सुरु गरिएको कफी खेति हाल नेपालका २२ वटा जिल्लाहरुमा व्यवसायीक तवरले खेती भईरहेको छ। अन्तराष्ट्रिय बजारमा समेत उच्च मागको रुपमा चिनिएको कफीको वर्तमान स्थितिको बारेमा राष्ट्रिय चिया तथा कफी विकास बोर्डका कार्यकारी निर्देशक विनयकुमार मिश्रसँग क्लिक्स् नेपालका लागि गोविन्द कोइरालाले गर्नुभएको कुराकानी सारसंक्षेप

 

चिया तथा कफीको वर्तमान स्थिति के छ ?

समग्रमा भन्नुपर्दा अहिलेको अवस्थामा चिया तथा कफीको स्थिति दिनप्रतिदिन वृद्धि भईराखेको छ। अहिले २ सय ६५ मेटि्रकटन कफी उत्पादन भईरहेको छ भने झन्डै १६ हजार टन चिया उत्पादन भईरहेको छ।


नेपालको कफीलाई विदेशीले किन रुचाइरहेका छन् ?

नेपालमा उत्पादन हुने गरेका चिया तथा कफीहरु अर्गानीक प्रकारको छ। यो छाहारी दिएर बनाईएको हुन्छ। यहाँका कफी तथा चिया फिल्टर गरिएको र शुद्ध प्रकारको हुने भएकाले पनि विदेशी बजारमा यसको माग उच्च रहेको छ।


हाल कुन कुन देशमा निर्यात गरिरहनु भएको छ ?

अहिले जर्मनी अरेवियन राष्ट्रहरु, जापान, कोरीया लगायतका मूलुकहरुमा निर्यात भईरहेको छ । यस्तै गुणस्तरीय चिया तथा कफी उत्पादन भईरहेको अहिलेको अवस्थामा अन्य मूलुकहरुमा पनि माग भएमा निर्यात गर्न सकिन्छ।





माग अनुसारको कफी निर्यात गरिएको छ त ?

माग अनुसारको निर्यात गर्न सकिएको छैन किनकी हामीकहाँ उत्पादन नै कम छ। कफिले व्यवसायीकता पाएको धेरै बर्ष भईसकेको छैन तर पनि उत्पादन क्षमता दिनप्रतिदिन बढिरहेकै छ। तैपनि मागअनुसारको पुर्‍याउन सकिएको छैन ।


माग कति छ?

अहिले २ सय ६५ मेटि्रकटन कफी उत्पादन भईरहेको छ यसको ६० प्रतिशत त विदेशमा मात्रै नै निर्यात हुन्छ भने ४० प्रतिशत आन्तरिक बजारमा नै खपत हुने गरेको छ। झण्डै एक हजार मेटि्रकटन कफीको माग अहिले विदेशी बजारमा देखिएको छ। यस्तै स्वदेशमा पनि माग दिनदिनै बढिरहेको छ।


कफीको इतिहास के छ ?

कफी नेपालको गुल्मी जिल्लाको आँपचौर भन्ने ठाँउबाट औपचारिक रुपमा सन् १९९५ बाट सुरु गरिएको हो। अहिले २२ जिल्लामा व्यवसायीकता पाएको छ भने यस्तै ३५ जिल्लामा व्यवसायीकता पाउने क्रममा छ।

 

खास कफी खेती गर्नका लागि कस्तो हावापानी आवश्यकता पर्दछ ?

नेपाल कफी खेतीका लागि उपयुक्त्त ठाँउ हो। नेपालको ८ सय मिटर उचाईदेखि १६ सय

मिटर उचाई सम्ममा कफी खेती गर्न सकिन्छ नेपालको सर्न्दभमा पश्चिमी क्षेत्र बढि उपयुक्त्त हुन्छ।


नेपालमा उत्पादन चाँहि किन कम भएको होला ?

कफी खेती व्यवसायीक भएकै धेरै समय भएको छैन। हामीले विभिन्न तालिम गोष्ठि मार्फत कफीको प्रचार प्रसार गरिरहेकै छौ हाम्रो चाहना पनि नेपालमा कफी खेती बढि भन्दा बढि उत्पादन होस् भन्ने नै हो। हामीले बिभिन्न ठाँउमा गएर यसको फाईदा बेफाईदाको बारेमा कृषकहरुलाई बताइरहेका छौ।


कफी खेतीको मुख्य समस्या चाहि के छ ?

अहिले पछिल्लो समयमा कफीमा देखिने सेतो गवाराका कारण कृषकहरु बढि मारमा परेका छन् । नेपालमा कुन ठाँउमा कफी उत्पादन हुन्छ भन्ने कुराको कमी छ, तालिमहरुको अभाव र  विरुवा अनुदानमा व्यापकता नआएका कारणले नै नेपालमा कफी खेती फस्टाईरहेको छैन।


समस्या सामधानका लागि केही गर्नुभएको छैन ?

हामीले अहिले नेपाल कृषि अनुसन्धान तथा विकास विभागसँग मिलेर काम अगाडी बढाईरहेका छौ। हाम्रो तीन बर्षको योजना रहेको छ। त्यो मस्यौदाको रुपमा तयार भएको छ। त्यसै अनुसार हामीले निर्यात, मार्केटिङ्ग र अनुसन्धानको क्रमलाई अगाडी बढाउने योजना बनाएका छौ।





विदेशमा नेपाली कफीको निर्यात गर्न बोर्डले कस्तो कदम चाल्न सक्छ ?

बाहिर रहेका समस्यालाई पहिचान गरी व्यवसायी मित्रहरुलाई सघाईरहेका छौ। नेपालको

कफीलाई प्रोमोट गर्नको लागि विभिन्न अन्तर्राष्ट्रिय गोष्ठिहरुमा भाग लिदा नेपालको कफीको पोस्टर तथा पम्प्लेटहरु बाडिरहेका छौ। साथै नेपाल पर्यटन बोर्डसँग मिलेर अगाढी बढिरहेका छौ। यस्तै विभिन्न् देशमा रहनुभएका राजदूतसँग पनि नेपाली कफीको बारेमा कुरा गरिरहेका छौ।


 

बोर्डले अहिलेसम्म के कस्ता कामहरु गर्न सक्यो ?

कफी विकास बोर्ड वि स २०४९ को ऐनबाट वि स २०५० सालमा स्थापना भएपछि

हामीहरुले कफी खेतीलाई व्यवसायीकता तर्फ लैजान खोजिरहेका छौ। सुरुमा चिया विदेशबाट मगाएर खानुपर्ने स्थिति थियो भने अहिले हाम्रो देशबाट मात्रै एक अर्व बराबरको चिया निर्यात भइरहेको छ। कफीको सर्न्दभमा भन्नुहुन्छ भने सुरुमा सानो स्केलमा गरिएकाले निर्यात बढि गर्न सकिएको छैन। वृद्धि भने भइरहेको छ।




अन्त्यमा केही भन्न चाहनुहुन्छ ?

तपाईलाई धन्यवाद। तपाईको क्लिक्स् नेपालमार्फत म के भन्न चाहान्छु भने हामी स्वदेशमा नै उत्पादन भएका चिया तथा कफीको प्रयोग गरौँ आन्तरिक बजारलाई प्रवद्धन गरौँ। नेपाली कृषकहरुलाई सधैं प्रोत्साहित गरिरहौँ। कफी खेतीको बारेमा राम्रोसँग बुझेर नेपालमा नै कफी खेती गरौ र बाहिर जाने मुद्रालाई नेपालमानै लगाऊ आथिक विकासमा सहयोग पुर्‍याउ।


 
 
Clicks POLL
वर्तमान सरकारको नेतृत्व कुन राजनैतिक दलले गर्नु पर्छ?
नेकपा माओवादी
नेकपा एमाले
नेपाली काग्रेस
अन्य साना दलहरुले